• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक बालकको मृ’त्यु


भदौ १०, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको अरिंगालको टोकाइबाट ज्यान गएको छ ।

गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बालक सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगइ नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो ।

गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने बताएको थियो । तर आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको हो ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार