• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी सल्यानले भन्यो ‘चर्को शुल्क लिने शैक्षिक संस्थाहरुलाई कारबाही गर्छौं’


भाद्र १०, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मानिने अखिल क्रान्तिकारी सल्यानले शैक्षिक संस्थाहरुले लिने चर्को शुल्कका विरुद्व संघर्ष गर्ने जनाएको छ । जसको लागी उक्त संगठनले जिल्ला भेला मुल आयोजक कमिटी गठन गरेको छ । ६ महिना अघि १८ औँ जिल्ला सम्मेलन मार्फत निर्वाचित भएका कमिटीहरु भंग गर्दै सो संगठनले कुशलको संयोजकत्वमा २५ सदस्यीय जिल्ला भेला मुल आयोजक कमिटी गठन गरेको जनाएको छ ।

यो कमिटीले सल्यान जिल्ला भित्र विभिन्न संघर्षका कार्यक्रम गर्ने भन्दै ७ बुँदाको एउटा विज्ञप्ती जारी गरेको छ । मुल आयोजक कमिटीका संयोजक क. कुशल नामबाट जारी गरिएको विज्ञप्तीमा कम्युनिस्ट विद्यार्थी अभियान २ निरन्तरता दिने, निजि शैक्षिक संस्था को चर्को शुल्क ,सरकारी विद्यालयको चर्को शुल्क सिटीइभिटीका संस्थाहरुले विभिन्न नाममा लिइएको अबैध शुल्कका विरुद्ध संघर्ष गर्ने जनाएको छ ।

त्यसैगरी विद्यालय बाहिर खोलिएका ट्युसन सेन्टर बन्द गर्न सुचना जारि गर्ने र अटेरी गरे निर्मम ढंगले संघर्ष गर्ने, अबैध शैक्षिक संस्था बिशेष गरी सिटीइभिटीको  नाममा आएर प्रक्रिया नपुर्याइ विभिन्न नाममा लुट मच्चाइरहेको विरुद्ध संर्घष गर्ने पनि अखिल क्रान्तिकारी सल्यानले विज्ञप्तीमा जनाएको छ । शैक्षिक माफियाहरुलाई चरणबद्ध रुपमा जनकारबाही गर्ने, संयुक्त विद्यार्थी मोर्चा निर्माणमा पहल गर्ने पनि उक्त संगठनले जनाएको छ ।

हिरासतमा रहेका संगठनका जिल्ला सदस्यहरु सुरेश भारती, अनिल विक र महेश साहुलाई रिहाइको लागि बैठक मार्फत जोडदार माग गरेको क्रान्तिकारीले विज्ञप्तीमा जनाएको छ ।

यस्तो छ विज्ञप्ती 

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार