• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा अनौठो तरिकाले कार र मोटरसाईकल चोरी !


भाद्र १०, सल्यान । सल्यानमा अनौठो तरिकाले एकैदिन कार र मोटरसाईकल चोरी भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगर स्थित एस बि ईलेक्ट्रोनिक्स सेन्टरको घरमै पार्किङ गरि राखेको कार सोमबार राती चोरी गरेर छत्रेश्वरी गाउँपालिकाको शंकमुलमा पुर्याइयो ।

चोरले कार चोरेर शंकमुल पुर्याई विपरित दिशाबाट आएको विवरण नखुलेको अर्को गाडीमा ठोक्कियो । गाडीमा ठोकिएपछि कारलाई त्यही सडकमा छोडेर चोरले त्यहाँबाट मोटरसाईकल चोरेको खुलेको छ । यसरी चोरीहुने रा १ च ९६१ नम्बरको कार श्रीनगरका व्यापारी सुरेन्द्र बुढाको हो ।

त्यसैगरी चोरी हुने रा ५ प १९५२ नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाईकल शंकमुलका सन्तोष रेग्मीको हो । चोरले श्रीनगरबाट कार चोरेर शंकमुल छोडेको र त्यहाँबाट मोटरसाईकल लिएर भागेको बताइएको छ । कार सडकमै भेटियो भने मोटरसाईकलेको पत्ता लगेको छैन् ।

चोरले मोटरसाइकल संगै एकजोडा जुत्ता पनि लिएको खुलेको छ । पुराना चप्पल छोडेर घरमा प्रयोगमा भएका जुत्ता लिएको भेटिएको हो ।  गाडि अर्को स्थानमा लिएर गाडीमा ठोक्काउने र सोही स्थानबाट मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले यस विषयमा अनुसन्धान भैरहेको बताए । अहिले मोटरसाइकल तथा चोरी गर्ने व्यक्तीको खोजी गरिएको भन्दै उनले कसले कुन उद्देश्यका साथ लिएको भन्नेबारे अनुसन्धान गरिने बताए ।

तस्बिरः चोरी भएर सडकमा भेटिएको सुरेन्द्र बुढाको कार

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार