• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा जथाभावी सडक खन्दा खेतियोग्य जमिन बगरमा परिणत हुन थाले


इन्द्र बुढाथोकी/भाद्र १०, सल्यान । अनाधिकृत रुपमा खनिएको सडकको माटो बाढिले बगाउदा सल्यानका अधिकांस स्थानको खेतीयोग्य जमिन बगरमा परिणत बन्दै जान थालेको छ । सामाजिक प्रभाव मूल्यांकन विनै खनिएका सडकले पछिल्लो समय खेतीयोग्य जनि मासिदै जान थालेको हो ।

रहर रहरैमा खनिएका सडकको माटो बाढिले बगाउदा जीविकोपार्जन गर्ने माध्यम बनेको खेतबारी बगरमा परिणत भएका छन् भने वन जंगल पनि मासिएका छन्। बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर १० टाट्केको खहरेखोलामा बाढि आउदा २० रोपनी भन्दा बढि खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

खहरे खोलाले सडकको माटो बगाउदा आफ्नो खेतबारी बगरमा परिणत भएको स्थानीय खुमलाल ओलीले बताए । उनले भने, ‘सडक खनियो, न उक्त सडकमा गाडी गुड्छन, न त केहि काम भयो, उल्टै खेतबारीको मात्रै नास भएको छ ।’

खहरे खोलाकै कारण खेतसँगै घर पनि जोखिममा रहेकाले घरमा समेत बस्न छोडेको उनको भनाई छ । कर्णाली प्रदेश सरकारले तटबन्ध निर्माणका लागि १० लाख छुट्याएर जाली लगाएपनि खनिएको सडकले कारण जाली पुरि जमिन बगरमा परिणत हुने क्रम नरोकिएको अर्का किसान हरि बहादुर थापाले बताए । उक्त खहरे खोलाले मानविय क्षति अहिलेसम्म नभएपनि धान फल्ने खेत बगरमा परिणत गरिदिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार