• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

मायाको देश


हिउको प्रदेश मा चिसिएको
मेरो जिबन ऊसलाई भेटेपछि
उदाएका सूर्य हरु ले न्यानो बनाएका थिए

उराठीला हिउदका दिनहरुमा हृदय को
बगैंचा मा उसले रोपेको प्रिती मगमगाएर
फूलेपछि मेरो मन ले मायाको देशतिर
बसाइँ सरेको थियो ।

यतिखेर छाति भित्र को
बस्तीमा खडेरी परेको छ फूलहरु फूल्दैनन
सुकेका बोटहरू बाट निस्कृय पातहरु
हामफाल्छन समाधि तिर, म बिगतका ति

रसीला मौसम खोत्लदै बर्षा बोलाउछु
आकाश को निलो दहबाट । तर आकाश
झर्दैन अचेल त्यसैले म आफ्नै मुटु पगालेर
आँखा बाट झर्दछु पलपल।

मेरा चाहनाहरु  याद को ज्वारभाटा
बनेर कोमल मनका भित्ताहरु पगाल्छन

जिबनको जटिल बाटोहरु मा उसको स्पर्श
ले कोमल बनेको यात्रा ।
क्षितिज उघारेर हेरेको मायाको देश

हार्दिकता मा दगुरेको उत्साह
सामिप्यता मा हुर्किरको समय
यि सबै हुरी बनेर मडारियो आज

निरस बनेको बर्तमान ऊसको प्रेम
निस्तब्ध बनेर बाचेको आशा
ऊसको गमन को पदचाप ले खुलेको छ
देखे त्यहा बिश्वास का मैनबत्ती हरु
निभेको सम्बन्ध का डोरिहरु चुँडिएको।

यस्तो लाग्यो बोझिलो निद्रा बाट ब्यूँझेछु म
मुक्त भए ऊसको नौटङगी सपना को रंगमचंबाट
म फेरि खोजीरहेछु  मुटुको एउटा घर
जहा मेरो जिबनको सम्पूर्ण अटाओस।

प्रकाशित मिती २०७६ भाद्र १० गते

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार