• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बारमा गोलीबारी : २३ जनाको मृ’त्यु, १३ जना सिकिस्त


भाद्र ११, काठमाडौं । मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २३ जनाको मृ’त्यु भएको छ ।

अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सिकिस्त घाइते भएका छन् । घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ ।

कोट्जाकोल्कोस शहरमा घटना भएको हो । “क्रुर व्यक्तिहरुले गोलावारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनामा परी मृ’त्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा वि’क्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?” बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो ।

घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार