• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

रोल्पाको थबाङमा नेपाल टेलिकमको सेवा संचालन


भाद्र १२,थबाङ । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ३ मिरुलको माराखर्कमा थ्री जी सहितको नेपाल टेलिकम संचालनमा आएको छ ।

बुधबारबाट संचालनमा आएको नेपाल टेलिकमको नमस्ते फोन सेवा नेकपा नेतृ ओनसरी घर्तीको पहलमा आएको हो । टेलिफोन सेवा जडान भएसँगै अब थबाङबासी सन्चारको पहुचमा पुगेका छन् ।

फोन गर्नकै लागि घण्टौ समय हिडेर डाँडामा जानु पर्ने बाध्यता हट्नुका साथै मिरुल आसपासका सबै ठाउँमा नमस्तेको फोन बाट सहजै नेटवर्कले काम गर्ने नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार