• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

त्रिजमाविको माल्नेटाको ६६औ बार्षिकउत्सब सम्पन्न


राजन के.सी भाद्र १३,सल्यान – त्रि.ज.मावि माल्नेटाकाे ६६ औ बार्षिक उत्सब तथा अभिभाबकभेला सम्पन्न भएको छ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिमेन्द्रबाबु सेजवालकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा शारदा नगरपालिका उप-प्रमुख सावित्रा बस्नेत शारदा नगरपालिका वार्ड न १४ का वडा अध्यक्ष कृष्ण बहादुर गिरी,शा.न.पा शिक्षा शाखा प्रमुख लिलाधर बबाल,वीर बहादुर सेजावाल लगायतको विशेष उपस्थितिमा संचालन गरिएको थियो ।


उक्त अवसरमा केश बहादुर बिष्टले नव निर्मित बिज्ञान भबनकाे ऊद्घाटन गरेका छन ।

शिक्षक युवराज रेग्मिले सहजीकरण गरेको कार्यक्रममा जि.स. स.सदस्य सुस्मिता सुनार,प्र.अ.वायु कुमार ब्राहान, साहायक प्र.अ. तेज प्रसाद न्याैपाने,अभिभावक सुबास राउत, कैलाश खत्रि,बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष रिम लाल भन्डारी तथा विष्णु न्याैपानेले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार