• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विश्वकै सबैभन्दा सानो बच्चा जन्मियो


भाद्र १३, काठमाडौं । बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ ।

ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो ।

१८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको थियो भने शरीरको लम्बाइ ११ इन्च थियो । मार्गरेटस्थित एक अस्पतालमा उनको जन्म भएको थियो ।

उक्त शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । अहिले शिशुको तौल ८ सय २५ ग्राम जति भएको छ ।

२३ हप्तामै जन्मिएकी उक्त शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।

-एजेन्सी

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार