• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सांसद गगन थापा नै धर्नामा बसेपछि…


भदौ १३, काठमाडौं । सांसद गगन थापा धर्नामा बसेका छन् । उनिसहित काठमाडौं क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत कपन र बूढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनलगायतका निर्माण कम्पनीविरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन्। चावहिल कपनलगायत काठमाडैं क्षेत्र नं ४ का सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको छ।

सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्। नेपाली काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन्।

सांसद गगन थापाले आफूहरूको अनुरोधलाई बेवास्ता गरे सडक विभाग र मन्त्रालयको विरुद्ध सडक संघर्षलाई सिंहदरबारभित्र लाने चेतावनी दिए। काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अ

धिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ। शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को विकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ।

चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आह्वान गरिएको छ। यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार