• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा सुरु भयो क्रेकेट प्रतियोगिता


भाद्र १३, सल्यान । सल्यानमा अन्तर माध्यामिक विद्यालय स्तरको ३ दिने क्रिकेट प्रतियोगिता आज देखि सदरमुकाम खलंगामा सुरु भएको छ । एमएम एकेडेमीले आयोजना गरेको एमएम एकेडेमी कपको शुक्रबार शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गरेका हुन ।

राष्ट्रिय खेलाडी तथा युवा नेता मनोज सिंहको बलिङ्गमा प्रमुख अतिथी अधिकारीले व्याटिङ्ग गरेर कपको उद्घाटन गरेका हुन । उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख अधिकारीले आफुले खेलको क्षेत्रमा लगानी गरिरहेको बताए । निजी तथा सरकारी सबै विद्यालयलाई एउटै नजरबाट हेरेको भन्दै उनले कसैलाई काखा र कसैलाई पाखा नगरको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, राष्ट्रिय खेलाडी मनोज सिंह, प्याव्सन सल्यानका अध्यक्ष जित बहादुर भण्डारी  लगायतले शुभकामना मन्तव्य राखेका थिए । महेश देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन पुर्ण बहादुर बस्नेतले गरेका थिए ।

प्रतियोगितामा जिल्लाका विभिन्न ६ विद्यालयले सहभागिता जनाएका छन । सहभागी हुने विद्यालयमा एमएम एकेडेमी खलंगा, त्रिभुवन जनता मावि खलंगा, नेपाल राष्ट्रय मावि कपुरकोट, लङ्ग ग्रीन रीभर सल्लीबजार, ज्योतिपुञ्ज एकेडेमी साहुटोल र मोर्डन तुल्सी एकेडेमी श्रीनगरले सहभागिता जनाएका छन ।

 

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार