• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

रवि लामि’छाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा निवेदन दर्ता


भाद्र १३, कञ्चनपुर ।अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामि’छाने, उनले कार्यक्रम सञ्चालन गर्ने न्यूज २४ र निर्मला घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध निवेदन दर्ता भएको छ।

जिल्ला अदालत कञ्चनपुरमा उनीहरु विरुद्ध दिलिप बिष्टका दाई खड्क बिष्टले निवेदन दर्ता गरेका हुन्। सिधा कुरा जनतासंग कार्यक्रममा मुद्धा चलिरहेकी अवस्थामा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीको अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले बताए।

‘आईतवार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा छ,’ अवस्थीले भने, ‘सोमवार उक्त निवेदन न्यायधिस समक्ष पेश हुन्छ, त्यसपछि मात्रै निवेदनको प्रक्रिया अगाडी बढ्ने छ।’ सिधा कुरा जनतासंक कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा सत प्रतिशत दोषी दिलिप विष्ट नै भएको ठोकुवा गरेका थिए।

यसै हप्ता मात्रै रवि लामि’छाने सहित तीन जनलाई जिल्ला अदालत चितवनले धरौटीमा छोडेको थियो । उनिहरुलाई पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीले मुद्दा गर्ता गरेको थियो ।

यो पनि:  रवि लामि’छाने सहित तीनै जना धरौटीमा रिहा

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार