• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

डिभाईन टेम्पलमा तिज गित प्रतियोगिता सम्पन्न


भदौ १३, दाङ । तिजको अवसरमा डिभाईन टेम्पल एकेडमी तुलसीपुरले आज तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ। अतिरिक्त क्रीयाकलाप बाट विद्यार्थीलाई धेरै कुरा सिकाउदै आएको एकेडमीले यश पटक तीज गीतका माध्यम बाट केही संदेश दिन खोजेको एकेडमीका प्रीन्सिपल भोजराज न्यौपानेले जानकारी दिए ।

हाम्रा चाडपर्वहरु हाम्रा सौन्दर्य हुन भन्ने कुरालाई प्राथमिकतामा राखिएको उनले बताए। शिक्षक फल्कुदत्त लामिछानेले संचालन गर्नु भएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धिहरु थिए जस मध्य कक्षा ५ सम्मका लागि जुनियर प्रतियोगिता र ६-१० सम्मका लागि सिनियर प्रतियोगिता नाम दिइएको थियो।

प्रतियोगितामा जुनियर तर्फ कक्षा ५ कि छात्रा सची शाह प्रथम, कक्षा ५ कै छात्र बिनित धिताल द्वितीय र कक्षा ४ कि छात्रा जिवा बुढाथोकी तृतीय भएका छन भने सिनियर तर्फ कक्षा ९  कि छात्रा पुर्णिामा बिक प्रथम, कक्षा १० कि छात्रा सरीता केसि द्वितीय र कक्षा ६ का छात्र सन्दिप लामिछाने ततृतीय भएका छन।

एकेडमीका प्रीन्सिपल भोजराज न्यौपानेको सभापतित्वमा सप्पन्न कार्यक्रममा भाइस प्रीन्सिपल हिमाल कडेल र एकेडेमिक कोअर्डिनेटर कुलानन्द अधिकारीले तीज गीतको महत्त्व व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गरेका थिए।

शिक्षिकाहरु अनिता धिताल र भुमा भण्डारीले निर्णायक जिम्बेवारी लिएका थिए। कार्यक्रममा विद्यार्थीहरु नृत्यहरु पनि प्रदर्शन गरेका थिए भने केही विद्यार्थीहरुले अप्रतियोगी रूपमा गीत गाएका थिए। उक्त कार्यक्रमका बिजयीहरुलाई पुरस्कार बितरण गरिएको थियो।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार