• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको रारेचौरमा बिजुली उद्घाटन


भाद्र १३, सल्यान । सल्यानको रारेचौरमा बिजुली बत्ती बलेको छ । बागचौर नगरपालिका ३ मा पर्ने चारेचौरमा शुक्रबार बिजुली बत्तीको उद्घाटन गरिएको हो ।

बत्तीको उद्घाटन प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले गरेका हुन् । कार्यक्रममा बागचौर नगरपालिका उपप्रमुख कल्पना पुन, वडा नम्बर २ का वडा अध्यक्ष घनश्याम शर्मा, ३ का कार्यबाहक अध्यक्ष धलराज डिसी, नेकपाका नेता कृति बहादुर पुन, गणेशमान सिंह लगायतको सहभागीता रहेको थियोे ।

राप्ती राजमार्ग सँग रहेको रारेचौरलाई रुकुम जाने विद्युतको मुख्य लाईनले छोएपनि बत्ती बल्न सकेको थिएन् । विद्युत प्राधिकरणले १५ वटा पोल र तार दिएपछि स्थानीयहरुले जनश्रमदान गरेर ४ दिनमै बत्ती उद्घाटन गरेको स्थानीय नवीन ओलीले लेकाली अनलाइनलाई बताए । रारेचौरमा लाईन विस्तार गरिएसँगै अब यहाँका करिब २५ घरपरिवारसम्म लाभान्वित हुने उनले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार