• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ : मुख्यमन्त्री राई


भाद्र १४, मोरङ । प्रदेश  १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताए। सुशासन तथा योजना समितिद्वारा शुक्रबार आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने बताए ।

मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले भने,ुसोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ।ु

जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए। सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न  तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै  संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार