• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

१७ वर्षदेखि संचालनमा आएको रेडियो कार्यक्रम ‘शान्त तलाउ’ को २०० औँ श्रृङखला पुरा


भाद्र १४, तुलसीपुर । सञ्चारकर्मी तुफानबाबु श्रेष्ठले विगत १७ वर्षदेखि संचालन गर्दै आएको रेडियो कार्यक्रम शान्त तलाउको समिक्षा गरिएको छ । कार्यक्रम प्रशारणको २ सयौ श्रृँखलाको अवसर पारेर रेडियोे कार्यक्रम उत्पादन समुहले कार्यक्रमको समिक्षा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता सुर्यवहादुर डाँगीले समाज रुपान्तरणको मुद्दामा शान्त तलाउ कार्यक्रम केन्द्रीत रहेको बताए । कार्यक्रममा वोल्दै विशिष्ट अतिथि एवम् सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले रेडियोको क्रेज घटेको छ भन्नेहरुका लागि शान्त तलाउको निरन्तरता जवाफ भएको बताए ।

रिपोर्टर्स क्लव तुलसीपुरका अध्यक्ष शरद रेग्मी,रेडियो सञ्जीवनीका वरिष्ठ कार्यक्रम उत्पादक धु्रवराज न्यौपाने,रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसी, रेडियोकर्मी देविराम कुसारी लगायतले मन्तव्य राखेका थिए ।

रेडियो प्रकृतिले उत्पादन गरेको कार्यक्रम ‘शान्त तलाउ’ हरेक हप्ताको शनिवार राती सवा नौ वजे दाङ लगायत बिभिन्न जिल्लाका एफएम रेडियोबाट एकैसाथ प्रशारण हुदै सञ्चालक तुफानबाबु श्रेष्ठले जानकारी दिए । रेडियो प्रकृतिका स्टेशन म्यानेजसर ओपेन्द्र वस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार वसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार