• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङ घर भई सल्यानमा अध्यनरत एक विद्यार्थी बबई नदिमा बेपत्ता


भाद्र १४, सल्यान । सल्यानको कालिमाटी गाउँपालिका ७ घुयाँबारीमा पर्ने बबई नदिमा डुबेर एक विद्यार्थी बेपत्ता भएका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर घर भई हाल सल्यान खलंगाको त्रिभुवन जनता मावि लुहापिङमा कक्षा १० मा अध्यनरत १८ वर्षिय जनक चन्द बेपत्ता भएका हुन् ।

घुम्न भनेर घुईयाबारी साथीको घर गएका उनि शुक्रबार दिउँसो पौडी खेल्न बबई नदिमा गएको र त्यही डुबेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनि सँगै पौडी खेल्न गएका साथी मदन विक भने सकुशल उत्रिएको र उनि डुवेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इनिस्पेक्टर उमाकान्त जोसीले लेकाली अनलाइनलाई बताए ।

बेपत्ता भएका चन्दको खोजिकार्यको लागी अहिले बबई नदिमा नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् । सदरमुकामबाट टाढाको दुरीमा रहेको यो ठाउँमा बर्दिया राष्टिय निकुञ्जबाट नेपाली सेना आएको इनिस्पेक्टर जोसीले  बताए ।

 

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार