• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

रोल्पामा जिप दुर्घटना, चालकको शव माडी नदिमा भेटियो


भाद्र १४, रोल्पा । रोल्पामा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा परी हराइरहेका चालकको शनिबार बिहान शव फेला परेको छ।

सदरमुकाम लिवाङवाट निम्री तर्फ यात्रु पुर्‍याएर फर्कंदै गरेको ना १ ज ४६५६ नम्बरको उक्त जिप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक रोल्पा नगरपालिका १० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगर हराइरहेका थिए ।

लिवाङ घर्तीगाउँ सडक खण्डको भलाममा दुर्घटनामा परहेको उक्त जिप सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी दिए । शव नदीले बगाएर माडी नदिमा पुल नजिक पुर्‍याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टिमले उद्धार गरेको हो ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार