• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्यूठानको सौन्दर्यता (फोटो फिचर)


भाद्र १४, प्यूठान । प्युठान जिल्ला नेपालको प्रदेश नम्बर ५ मा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन् । ७ गाउँपालिका र २ नगरपालिका रहेको प्युठान समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाईमा पर्दछ ।

प्यूठान जिल्लाको मुख्य नदीहरूको रूपमा भिमरुक र माण्डवी (माडी) रहेका छन । प्यूठानका पर्यटकिय स्थलहरूमा स्वर्गद्धारी, एरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट आदी स्थलहरू परिचित छन ।

यहाँ मातृभाषाको रूपमा बोलिने मुख्य भाषाहरूमा नेपाली, मगर, नेवार लगाएत रहेका छन् भने सबैभन्दा धेरै मगर/गुरुङ, क्षेत्री, बाहुन, दलित लगाएत जातीको बसोबास रहेको छ ।

प्यूठानको नामकरण कसरी गरियो भन्ने एकिन नभएपनि कर्कपेट्रीकले प्रार्थानाबाट अपभ्रंश हुदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथानाबाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन।

अर्थात प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन रहन गएको बुभिन्छ। निरज सुवेदीले समय-समयमा लेखेको पत्रहरूमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाईन्छ। सुरक्षा संवन्धि शव्द पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क पनि पाइन्छ।

 

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार