• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

श्रीगाउँ लाईभ भिजनमा तिज विशेष कार्यक्रम सम्पन्न


पूर्ण के.सी. भदौ १३, दाङ । दङिशरन गाउँपालिका ७ सिमठाना दाङमा रहेको श्रीगाउँ लाईफ भिजन मावीले आज तिज विशेष , एवम् दरखाने कार्यक्रम सप्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवम् एन प्यापसन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रस्तुति राखेका थिए । साथै कार्यक्रममा शिक्षक , शिक्षिका, अभिभावकले पनि नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तिजको महत्त्वबारे शिक्षक यतिराज अधिकारीले प्रष्ट पार्नुभएको थियो । बिद्यालयले विभिन्न समयमा यस्ता कार्यक्रम गर्दै आएको प्र.अ. मोहविर सोमैइले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण के.सी. र खेम वलिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार