• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्दै


भाद्र १४, सल्यान । सल्यानमा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । प्रकोपका कारण दैनिक ज्वरोका बिरामी हुनेको संख्या बढ्दै छ ।

जिल्ला अस्पताल सल्यानमा भाइरल ज्वरोका बिरामी आउनेको संख्या बढदै गएको अस्पतालका इन्चार्ज डा. अर्जुन बुढाले बताए । पहिला आठ दश जना आउने ठाँउमा हिजोआज दैनिक १५ २० जना आउने गरेको उनले बताए । भाइरल ज्वरोको प्रकोप बढदै गएपनि अस्पतालमै भर्ना गर्नु पर्ने अवस्था नरहेको र ज्वरोकै कारण कसैमा पनि निमुनिया तथा टाइफाइडको समस्या नदेखिएको उनले जानकारी गराए ।

ज्वरोका कारण बालबालिका बढी प्रभावित छन् । प्रकोप बढ्दै गएपनि जोखिम नरहेको उनले बताए । भाइरल ज्वरोका साथै बालबालिकामा रुघाखोकी लाग्ने, पातलो सिंगान बग्ने, टाउको दुख्ने, बान्ता गर्ने समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार