• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा बसको छतबाट खस्दा एक यात्रु गम्भीर घाईते


दुर्गा वि.सी./ भाद्र १४, सल्यान । सल्यानमा शनिबार बसको छतबाट खस्दा एक यात्रु गम्भीर घाईते भएका छन् । जिल्लाको पश्चिम क्षेत्रमा रहेको सल्लीबजारबाट गर्चे तर्फ जाँदै गरेको ना ४ ख ६३८७ नम्बर को बसको छतबाट खसेर बनगाड कुपिण्डे नगरपालिका ६ लाम्पाटाका वर्ष ३० तेज बहादुर थापा गम्भीर घाईते भएका हुन् ।

थापा सल्ली रुकुम सडक खण्डेको आमखोली नजिकै बसको छतबाट खसेको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज शुसिल रावलले जानकारी दिए । घाईते थापाको स्थानीय संजीवनी सामुदायीक अस्पतालमा समान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ ।

थापको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । थापाले मदिरा सेवन गरेकाले छतमा नबस्न आग्रह गर्दा समेत अटेरी गरेको बसका कर्मचारिको भनाई छ । बससँगै चालकलाई इलाका प्रहरी कार्यालय सल्लीवजारले नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार