• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दामाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


भाद्र १४, रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ दामाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भे १ च ६८९३ नम्बरको ट्रयाक्टर शनिबार बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा नाम नखुलेका १ जना र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, १७ वर्षीय बलबहादुर विक र १५ वर्षीय मोहन बोहरा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पताल लगिएको छ । पाइप बोकेको ट्रयाक्टर सडकभन्दा एक सय मिटर तल खसेको बताइएको छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार