• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

“ओए भन्यो मायाले” गितबाट चर्चा बटुल्दै गायक हरि गिरि विमर्शी


राजन के.सी./भाद्र १५, दाङ । गायक हरि गिरी विमर्शी को नयाँ गीत ओए भन्यो मायाले सार्वजनिक भएको छ। सार्बजनिक भएको गित १ दिन अपुग्दै छोटो समयमै ट्रेन्डिङमा पर्न सफल भएको छ । उक्त गित 8K Everest Motion Pictures नामक च्यानलबाट सार्वजनिक गरिएको छ।

गीत संगीतमको क्षेत्रमा बिगत लामो समयदेखि आबद्द रहेका गिरीले पहिलो पटक आशा लाग्दो गीत आफुले बजारमा ल्याएको बताएका छन । आफुले सिर्जना गरेको गितले छोटो समयमा धेरैको मन जित्न सफल हुदा आफुलाई गित,संगीत क्षेत्रमा काम थप उर्जा प्राप्त भएको उनि बताउछन।

हरि गिरी विमर्शी र बबिना किरातीको स्वरमा सजिएको गितको शब्द सिर्जना र संगित रहेको गितमा गिरि स्वयम् आफैले गरेका छन । गितमा चर्चित हास्य कलाकार सागर लम्साल बले र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतलाई राजिभ समारले निर्देशन गरेका छन ।

भिडियो हेर्नुहोस:-

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार