• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

‘छ माया छपक्कै’ चलचित्रको ‘जुनको जुनेली’ गीत सार्वजनिक


भाद्र १५, काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश गरिएको ‘जुनको जुनेली’ बोलको गित सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा दीपकराज गिरी, जितु नेपाल, केदार प्रशाद घिमिरे, केकी अधिकारी, बुद्धि तामांग, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ छ। गीतमा बसन्त थापा र मिना निरौलाले स्वर दिएका छन् भने शब्द राजेन्द्र थापाको रहेको छ जहाँ संगीत बसन्त थापाकै रहेको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् ।

दीपेन्द्र लामाको निर्देशनमा निर्देशित चलचित्रलाई दीपकराज गिरीले लेखेका हुन् । चलचित्र ‘छ माया छपक्कै’ असोज २४ बाट नेपाली भर प्रदर्शन हुने छ । गीतमा असार साउनमा धान रोप्दाको रमाईलो दृश्य देखाइएको छ । त्यही दृश्यमा हिलोमा गीतको अभिनय भएको छ ।

हेर्नुहोस् भिडियो


प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार