• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

पहिरोमा परेर जाजरकोटमा घरसहित ३ जना पुरिएर


भाद्र १५, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ ।

शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया  मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्याम खत्रीले जानकारी दिए।

पार्वतीका श्रीमान् बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको डिएसपी खत्रीले बताए।

फोटो फाइल

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार