• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

रोल्पाको फूलबारी वनले दशै मिलन क्रार्यक्रम गर्ने


भाद्र १५, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा पर्ने फूलबारी महिला सामुदायिक वन उपभोक्ता समूहले दशै मिलन कार्यक्रम गर्ने भएको छ । वनले हिन्दु धर्मावलम्बीको महान पर्व दशैको अबसरमा पहिलो पटक सो कार्यक्रम गरि मनाउने भएको हो ।

वनको हिजो शनिबार बसेको बैठक यस्तो निर्णय गरेको छ । वनले पर्बको मध्यनजर गर्दै विभिन्न बिधाका खेल, बौद्धिक ज्ञान र सास्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ ।

जसमा वडास्तरिय भलिबल, घैटाफोर, कुर्सी डौड (पुरुष /महिल), प्राबिस्तरिय हिसाब डौड प्रतियोगिता , चम्चा डौड र लङ जम्प रहेका छन् । कार्यक्रम आउदो असोज १४ देखि १७ गतेसम्म चल्ने चल्ने भएको छ ।

त्यसैगरी कार्यक्रमका लागि विभिन्न समिति समेत गठन गरिएको छ । जसमा कार्यक्रम संयोजकमा जंग बहादुर रेउले, सदस्यमा राम बहादुर राना, आर्थिक संयोजकमा धन बहादुर बुढाथोकी ,सदस्यमा हुम बहादुर रेउले र झुपलाल बुढाथोकी, खेल संयोजकमा कमल बोहरा, सदस्यमा टोप बहादुर राना, सास्कृतिक संयोजकमा शान्तराज रेउले, सदस्यमा बिनु रोका र प्रचारप्रसार संयोजकमा केशर रावत, सदस्यमा जित रेउले रहेका छन् ।

अहिले खेलकुद तर्फका कुनै पनि दर्ता शुल्क र पुरस्कर तय नगरिएको र अब यो महिनाको अन्तिम साता तिर तय गरिने खेल संयोजक कमल बोहराले जानकारी दिए l

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार