• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बन्दुकधारीले गोली चलाउदा ५ जनाको मृ’त्युु, १६ घाइते


भाद्र १५, काठमाडौं । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पाँचजना मृ’त्यु भएको छ।

घटनामा  १६ जना  घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार शनिबार अपरान्नह कम्तिमा एक बन्दुकधारीले मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा ती बन्दुकधारीले गाडी चलाउँदै अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । उनको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको जनाइएको छ । गोली चलाउनुको कारण खुलेको छैन। गोली लाग्नेहरुमा प्रहरी अधिकारीहरु पनि छन् ।

चार हप्ताअघि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको थियो ।

-एजेन्सी

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार