• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोकिदा एकजना घाइते


भाद्र १५, सल्यान । सल्यानमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोकिदा एकजना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका–४ पेदिखोला नजिकै रराप्ती राजमार्गमा आइतबार भे १ च २८४७ नम्बरको बोलेरो गाडी र बा ७५ प ८९५५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन् ।

दुर्घटना मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा पुर्वी रुकुम घर भएका मदन रावल रहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य भएको र खुट्टाको एक्सरे गर्न थारमारे ल्याइएको इप्रका थारमारेले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार