• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

खोलाले बगाउदा सल्यानमा एकजनाको मृत्यु


भाद्र १५, सल्यान । खोलाले बगाउदा  सल्यानमाआइतबार एक व्यक्तीको ज्यान गएको छ । साक्चा खोलाले बगाउदा सल्यान दार्मा गाउँपालिका १ पैयाडाँडाका ४६ वर्षिय ठोके ओलीको ज्यान गएको हो ।

सल्यान दार्मा गाउँपालिका र रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सिमानामा पर्ने साक्चा खोलाको सिलिङ्गिबाट उनलाई बगाएको प्रहरीले जनाएको छ । घरबाट डोका बेच्न चौरजहारी तिर हिडेका ओलि घर फर्कदा बगाएको इप्रका दार्माले जनाएको छ ।

प्रहरीका अनुसार सिलिङ्गिबाट बगाएको उनको शव करिब २ किलोमिटर तल चौरजहारी नगरपालिका १३ मैथाने भन्ने ठाउमा स्थानियले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शवलाई अहिले पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको घटनामा खटिएका चौरजहारीको सर्केना प्रहरी चौकीका जवान कृष्ना विकले लेकाली अनलाइनलाई बताए ।

गतवर्ष पनि दार्मा खोलाले बगाउदा दुई बालबालिकाको मृत्यु भएको थियो । दार्मा गाउँपालिका ७ का २ बर्षिय मोहन केसी र उनकी ६ बर्षिया दिदि रेखा केसीलाई दार्मा खोलाले गतवर्ष बगाउदा ज्यान गएको थियो ।

यो पनिः सल्यानमा खाेलाले बगाउदा एकै घरका दुई बालबालिकाकाे ज्यान गयाे

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार