• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

जाजरकोटमा चट्याङले २ सय ३३ भेडा मरे


भाद्र १७, जाजरकोट । जाजरकोटमा चट्याङ लागेर २ सय ३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २ सय ३३ भेडा मरेका छन् भने २ सय ५२ भेडा हराइरहेको प्रहरीले जानकारी दिएको छ ।

चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले बताए । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो ।

कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार