• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मदिरा सेवन गरेर रुकुममा श्रीमानले श्रीमतीको विभत्स ह’त्या गरे


भाद्र १७, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोटमा एकजनाले खुकुरी प्रहार गरी श्रीमतीको विभत्स ह’त्या गरेका छन् । मुसीकोट नगरपालिका -३ का २७ वर्षीय नवीन खड्काले २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

सोमबार बेलुकी ८ बजे खुकुरी प्रहार गरि श्रीमतीको ह’त्या गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका नवीनले खुकुरी प्रहार गरि श्रीमतीको ह’त्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घटना लगत्तै फरार नवीनलाई राति २ बजेतिर घर नजिकैको जंगलबाट पक्राउ गरेको डिएसपी खड्काले बताए ।

श्रीमतीलाई का’टेर टाउको, शरीर छुट्टाछुट्टै झ‍ोला र थैलामा हालेर फाल्ने बेला छ‍ोराछोरी कराएपछि गाउँलेले थाहा पाएका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार