• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

चितवन अदालतको आदेश विरुद्व रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता


भाद्र १७, मकवानपुर । सञ्चारकर्मी रवि लामिछानेले चितवन अदालतको आदेश विरुद् उच्च पाटन, हेटौंडा इजलासमा निवेदन दर्ता गराएका छन् । गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भनी रविले आज निवेदन दर्ता गराएका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनलाई ५ लाख र युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गरेको आदेशमा चित्त नबुझी लामिछाने सहितले हेटौंडामा आज निवेदन दर्ता गराएका हुन् ।

लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।

लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलासले भोलि प्रारम्भिक सुनुवाई गर्ने लामिछानेको टोलीका एक सदस्यले जानकारी दिए। लामिछाने र कँडेलकोतर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले भोलि बहस-पैरवी गर्ने उनले बताए ।

चितवन अदालतले ५ लाख धरौटीमा रिहा गरेको रविलाई विभिन्न कुरामा बोल्न बन्देज लगाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दासँग सम्बन्धित विषयमा सार्वजनिक विचार दिन रवि र अर्का अभियुक्त युवराजको हकमा रोक लगाएको छ ।

आदेशमा रविले टेलिभिजन कार्यक्रम चालउन पाए पनि यस मुद्दाको अन्तिम टुंगो नलागेसम्म प्रहरी, पीडित परिवार, विशेषज्ञ, अदालत र न्यायीक कार्यमा असर पु¥याउन नपाउने उल्लेख छ ।

फेसबुक, ट्वीटर, सभा समारोहमा सार्वजनिक अभिव्यक्ति दिन नपाउने गरी चितवन अदालतको छ । त्यसैगरी विदेश जाने भए रवि र युवराज दुवैले चितवन अदालतबाट लिखित अनुमति लिनुपर्ने छ ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार