• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सरकारको निशाना पत्रकारमाथी : सर्वाेच्चको आदेशमा रिहा भएका ओम हमाल पुनः गिरफ्तार


भाद्र १७, काठमाडौं । सर्वोच्च अदालतको आदेशमा रिहा भएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । अदलत परिसरबाटै उनलाई मंगलवार प्रहरीले पुन गिरफ्तार गरेको हो ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार हमाललाई कास्की प्रहरीले शिशुवाबाट गत भदौ ६ गते गिरफ्तार गरेको थियो । गैरन्यायीक गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघका तर्फबाट जन्मदेव जैशीले दायर गरेको बन्दी प्रत्यक्षकिरणको रिट माथि आज भएको बहसपछि हमाललाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।

आज भएको बहसपछि हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको हो । तर प्रहरीले अदालत परिसरबाटै हमाललाई पुनः गिरफ्तार गरेको हो । हमाललाई पक्राऊ गरि उदयपुर लैजान लागेको बुझिएको छ ।

बिचार र आस्था राखेकै आधारमा पत्रकार तथा लेखकमाथि धरपकड बढाउने, अनाबस्यक दुखः दिने, मानसिक तनाब दिने जस्ता कार्य गम्भीर मानवअधिकार उलंघन तथा प्रेस अभिव्यक्ति स्वतन्त्रता बिरोधि हर्कत भएको भन्दै पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोध भएको छ । जनपत्रकार संगठन नेपालले एक विज्ञप्ती जारी गरेर पुनः गिरफ्तारीको विरोध जनाएको छ ।

उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक हुन् । उनले बेथितिका बिरुद्द निरन्तर कलम चलाउदै आएका थिए । पछिल्लो समय दुईतिहाई बहुमतको नेकपाको सरकारले पत्रकार पत्रकारलाई निशाना बनाएको देखिन्छ । मिडिया विद्येक लगाएतका कानुनहरु बनाएर सरकारले पत्रकारको घाँटी निमोठ्न खोजेको कतिपय विश्लेशकहरु बताउछन् । पछिल्लो समय सरकारले देशभरीबाट थुप्रै पत्रकारहरुलाई गिरफ्तार गरेको छ ।

ओम हमालाई पुनः गिरफ्तार गर्दाको भिडियो

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार