• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङ डेंगुको उच्च जोखिममा, ६ जना बिरामी


भाद्र १७, दाङ । डेंगुको उच्च जोखिममा दाङ रहेको बताइएको छ । दाङमा यस आर्थिक बर्षमा डेंगुका ६ जना विरामी फेला परेका छन ।

उनिहरु मध्ये केहि उपचार पछि घर फर्किएको जिल्ला श्वास्थ्य कार्यालय दाङका डेंगुरोग फोकल पर्सन कमल चन्दले बताएका छन । उनका अनुसार दुई जनाको काठमाण्डौंमा उपचार भैरहेको छ । उनिहरुको श्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

लामखुट्टेको रोकाई बाट सर्ने यो रोग लागेपछि टाउको दुख्ने, उच्च स्वरो आउने, शरीरमा बिमिरा देखिने, हातखुट्टा गह्रौँ हुने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिन्छन् । त्यस्तो लक्षण देखिएमा तुरुन्तै जाँच गराउन डाक्टरको सल्लाह छ ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार