• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङमा घरको काम गर्दा करेन्ट लागेर मजदुरको मृ’त्यु


भाद्र १७, दाङ । दाङमा करेन्ट लागेर एक मजदुरको मृ’त्यु भएको छ । घर निर्माण गर्ने क्रममा लमही नगरपालिका ६ देउपुर निवासी ३० बर्षीय जीवन चौधरीको मृ’त्यु भएको हो ।

सोहि ठउँका एनुका पुनको घर निर्माण गर्ने क्रममा मंगलबार दिउँसो पौने १ बजेतिर करेन्ट लाग्दा गम्भीर घाईते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घरमाथि छतमा काम गर्ने क्रममा हाइटेन्सन लाइनमा परि उनको मृ’त्यु भएको हो । करेन्ट लाग्दा एकतला तल खस्न पुगेका थिए । चौधरीको श’वलाई अहिले लमही अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार