• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

पूर्वराजदूत झाको ह’त्या गर्नेको पहिचान खुल्यो


भाद्र १८, काठमाडौँ । प्रहरीले पूर्वराजदूत केशवराज झाको ह’त्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै ह’त्या’रा भएको निष्कर्ष निकालेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ,

उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले ह’त्या’राको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको ह’त्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

ह’त्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार