• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङ-सल्यान लगाएत विभिन्न जिल्लामा न्यायधिसहरुको पुत्ला दहन


भाद्र १८, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको देशैभरी पुत्ला दहन गरेको छ ।

सरकारको इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै नेकपाले उपत्यका सहित देशैभर पुत्ला दहन गरेको जनाएको छ । यसअघि नै घोषित कार्यक्रम अन्तरगत नेकपाले सल्यान, दाङ, चितवन, उदयपुर, सुनसरी, कैलाली, रोल्पा, कालिकोट लगायतका जिल्लाहरुमा पुत्ला दहन गरेको नेकपा स्रोतले जनाएको छ ।

सल्यानको बागचौर नगरपालिकाको खरिबोट, दाङ तुलसीपुरको अश्वारा, बबईको पञ्चकुले, गढवाको कालाकाटे, राजपुर, शान्तिनगर, रामपुर लगायत दर्जन ठाउँमा पुत्ला दहन गरिएको नेकपाले जनाएको छ । सल्यानमा पुत्ला दहन गरेको आशांकामा ४ जनालाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएको तर पछि उनिहरु अर्कौ पार्टीको कार्यकर्ता र संग्लन नभएको बताइएपछि प्रहरीले छोडेको स्रोतले बताएको छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको थिएनन् ।

एनसेललाई कर नतिराउने अदालतको निर्णयपछि केहि दिन अघि उक्त पार्टीका महासचिव विप्लवले केहि दिन अघि विज्ञप्ती जारी गर्दै एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने बताएका थिए । कर असुलीबारे सर्वोच्चका न्यायधिसहरुले ऐनसेलले कर तिर्न नपर्ने गरि फैसला गरेपछि चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत पुत्ला दहन गरेको नेकपाले जनाएको छ ।

यस्तो छ विप्लवले निकालेको विज्ञप्ती

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार