• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको सौन्दर्यता : ‘बिचमा शारदा नदि, वरिपरि हरियो फाँट’ (हेर्नुहोस् २० तस्बिर)


भाद्र १८, सल्यान । शारदा नदि सल्यानको प्रमुख नदिको रुपमा रहेको छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई यो नदि जिल्ला भित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ । शारदा नदि बागचौर नगरपालिका, शिद्दकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कालिमाटी गाउँपालिका हुँदै बग्दछ ।

यो नदि सल्यानको कालिमाटीमा दाङबाट आउने बबई नदि सँग मिसिन्छ । बबई नदि सँग मिसिएर सल्यानको भाग बग्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदिको नामबाट चिनिन्छ । यो नदिले सल्यानका थुप्रै जमिनहरु सिचाँई गर्दछ भने निर्माण कार्यको लागी गिट्टी बालुवामा पनि मदत गरेको छ ।

आजभोली शारदा नदिको फाँटमा पर्ने भु भागहरु रमनिय देखिने गर्दछन् भने हरियो धान कहलाउदो छ । आज हामी तपाईलाई छत्रेश्वरीको चैबाङजिउला बाट त्रिवेणीको काभ्रा सम्मको तस्बिर देखाउछौँ ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार