• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

शिक्षक नभएको भन्दै सल्यानको देउराली माविमा विद्यार्थीद्वारा तालाबन्दी


भाद्र १८, सल्यान । भाद्र १८, सल्यान । सल्यानमा शिक्षक नभएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको शिद्धकुमाख गाउँपालिका ३ कुईयाँझोलमा रहेको देउराली माविमा बुधबार विद्यार्थीले ताला लगाएका हुन् ।

विगत २ महिना देखि गणित शिक्षक नभएको र शिक्षक राख्न भन्दै विद्यालय प्रशासनलाई पटकपटक आग्रह गर्दा कुनै सुनुवाई नगरेपछि अन्तिम विकल्पमा ताला लगाउनु परेको विद्यार्थी वेद बहादुर बोहराले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार शिक्षक नहुँदा कक्षा ७ देखि १० सम्मको गणित विषय र अन्य कक्षामा सामाजिक तथा कम्प्युटर विषय ठप्प भएका छन् । पहिले टोप बहादुर भण्डारीले गणित पढाउदै आएको र उनको अनेन्त्र सरुवा भैसकेपछि कुनै शिक्षक नियुक्ती गरिएको छैन् ।

स्थायी रुपमा दरबन्दी भएका टोप बहादुर भण्डारी गत असार ६ गते सरुवा भएर विद्यालय छोडेका थिए । उनको सट्टामा अहिलेसम्म शिक्षक नहुँदा आफुहरुको मुख्य गणित विषयको कुनै पनि कोर्ष अगाडी बढ्न नसकेको अर्का विद्यार्थी भुमा बस्नेतले बताइन् । उनले भनिन्, “हामीले पहिला शिक्षक राख्नु पर्यो भनेर पटकपटक लिखित कागज पेश गरिम, तर कुनै सुनुवाई भएन । अब शिक्षक नआउदा सम्म ताला खोलिदैन् ।”

यस विषयमा थप बुझ्न खोज्दा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष र प्रधानध्यापकसँग सम्पर्क हुन सकेको छैन् । तर शिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले विव्यस समितीले समस्या भयो भनेर आफुकहाँ कुनै खबर नगरेको बताएका छन् ।

नेपाल सरकारले नै स्थायी रुपमा तोक लगाएर पठाउनुपर्ने तर पठाउन ढिला गरेको उनले बताए । उक्त विद्यालयमा फुल दरबन्दी शिक्षक भएकाले विव्यसले त्यहीको अर्को शिक्षकलाई मिलाउन सक्ने उनको भनाई छ ।

तर समस्या भएमा गाउँपालिकाको तर्फबाट अनुदान शिक्षक दिने व्यवस्था आफुहरुले गरेपनि समस्याको कुनै कुरा आफु कहाँ नआएको उनले बताए । आफुँकहाँ आएको जानकारी अनुसार सरकारले अबकेहि दिनमै शिक्षक पठाउन लागेको उनले बताए ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार