• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

संघीय संरचना अनुसार काग्रेस दाङको नयाँ नेतृत्व


भाद्र १८, दाङ । साविक ५ निर्वाचन क्षेत्र समेटी तयार पारिएको संरचना परिमार्जन गरी नेपाली काग्रेस दाङले संघीय संरचना अनुसार पार्टीको स्वरुप परिवर्तन गरेको छ ।

नेपाली काग्रेस दाङको आज पार्टी कार्यालयमा बसेको कार्यसमिति र क्षेत्रीय पदाधिकारीहरूको संयुक्त बैठकले संघीय संरचना अनुसार संघीय र प्रदेश निर्वाचन क्षेत्रको समिति बनाएको छ ।

जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे, २ को सभापति भुपबहादुर डाँगी र क्षेत्र नम्बर ३ को सभापतिमा जगत बहादुर खड्का चयन भएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार