• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यान स्थित पुर्व जनमुक्ति सेनाका सेक्सन कमान्डरको मृत्यु


इन्द्र बुढाथोकी/भाद्र १९, सल्यान । मृगौला पीडित पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डरको मृत्यु भएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका- ३ बामे पोखरा निवासी ४० वर्षीया बिरबल विक (मिलन) को बुधबार राति ११ बजे मृत्यु भएको हो ।

६ महिना अघि देखि दुवै मृगौला पीडित विक २०५८ सालमा पुर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर र बनगाड कुपिण्डे- ३ का तत्कालीन माओवादी केन्द्रका वडा अध्यक्ष समेत भएका थिए । मृगौला पीडित पछि विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग गरेपनि उनको उपचारमा सुधार आउन सकेको थिएन ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा लामो समयसम्म उपचार गरेर केहि दिन अघि घर फर्किएका उनको घरमै मृत्युु भएको हो । शारदा निमाबी क्युरेणिका विव्यस अध्यक्ष समेत रहेका विकका दुई छोरा र दुई छोरी छन् भने श्रीमती पार्वती विक वडा सदस्य छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार