• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

तीन दिने चलचित्र पत्रकारिता कार्यशाला बुधबारदेखि पोखरामा सुरु


 

भदौ,१९ पोखरा –चलचित्र पत्रकार संघ,नेपालको आयोजनामा बुधबारदेखि पोखरमा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ । शुक्रबारसम्म चल्ने कार्यशालामा चलचित्र पत्रकार संघ नेपाल पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना गरेको हो ।चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ३ दिने पत्रकारिता कार्यशालाको बुधबार गण्डकी प्रदेशका पर्यटन,उद्योग तथा वनमन्त्री बिकास लम्सालले उदघाटन गरेको हुन ।

बुधबार भएको कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा सहभागी हुन राजधानीबाट ८० जना र अन्य ठाउँबाट गरेर १० बढी पत्रकारहरु पोखरामा पुगेका छन। कार्यशालामा आज बिहीबार प्रशिक्षकको रुपमा रहेका बरिष्ठ पत्रकार राजेन्द्र दाहालले पत्रकारिताको आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिने भएका छन।

चलचित्र पत्रकार संघ,नेपालका केन्द्रिय अध्यक्ष सन्दीप सापकोटाले यस कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने चलचित्र पत्रकार संघको दायित्व भएकोले कार्यशालाको आयोजना गरिएको उनले बताए ।

कार्यशालामा पत्रकार आचार संहिता, निश्पक्ष पत्रकारिता ,मिडिया सम्बन्धि कानुन,चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया लगायत बिषयमा प्रशिक्षण राखिएको चलचित्र पत्रकार संघ,नेपालका केन्द्रिय अध्यक्ष सन्दीप सापकोटाले बताए । उनले कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार