• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

गोरखामा ह’त्या आरोपितलाई हेलिकप्टरबाट सदरमुकाम ल्याइयो, कारण यस्तो छ


भाद्र १९, गोरखा । ह’त्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको छ । मंगलबार उनले कुटपिट गर्दा सोही ठाउँका ६८ बर्षका तेन्जेन दोर्जाे लामाको मृ’त्यु भएको आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीले हेलिकप्टरबाट ल्याएको हो ।

 

गुम्बा निर्माणको जिम्मा लिएको आफूलाई बारम्बार वालुवा चोरेको आरोप लगाएपछि तेन्जेनलाई कुटपिट गरेको निमाले स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘वालुवा चोर भनेपछि मंगलबार दिउँसो एक बजे निमाले तेन्जेनलाई कुटेछन्, करिव चार बजेतिर त्यही बाटो फर्कदै गर्दा दुई जनाको भेटमा फेरि वालुवा चोर भनेपछि निमाले पुन तेन्जेनलाई कुटेका रहेछन्,’ उनले भने ।

 

कुटिएका तेन्जेनको त्यही साँझ मृ’त्यु भएको उनको भनाइ छ । भौगोलिक बिकटताका कारण शव र ह’त्या आरोपितलाई बुधबार हेलिकोप्टरबाट आरुघाट ल्याइएको उनले जानकारी दिए । ‘पोष्टमार्टमका लागि शव यहाँ ल्याउन पैदल बाटोको प्रयोग गरेको भए सात दिन लाग्ने रहेछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर हेलिकोप्टरमा शव र हत्या आरोपित दुवैलाई लिएर आएका हौ ।’

 

मृ’त’कको शव प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको एसपी अधिकारीले बताए । ह’त्या आरोपित निमालाई जिल्ला प्रहरी कार्यालय ल्याएर ज्यान मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

 

फोटो फाइल

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार