• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

पत्रकार हमालको गिरफ्तारी विरुद्व दोस्रो पटक सर्वोच्चमा रिट


भाद्र १९, काठमाडौं । पोखराबाट सञ्चालित जनसञ्चार अनलाइनका सम्पादक पत्रकार ओम हमालको गैरकानुनी गिरफ्तारी विरूद्व सर्वोच्च अदालतमा दोस्रो पटक बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । बिहीबार हमालकी श्रीमती मोनिका गुरूङले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

 

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य समेत रहेका हमाललाई अदालतको आदेश विपरीत मंगलबार पुनः सर्वोच्च अदालतको ढोकाबाटै गिरफ्तार गरिएको थियो । विप्लव नेकपा कास्कीका जिल्ला ईन्चार्ज कृष्ण वाग्लेको अन्तर्वार्ता लिन कास्कीको शिशुवा पुगेका पत्रकार हमाललाई ईन्चार्ज वाग्लेसंगै भाद्र ६ गते पक्राउ गरिएको थियो ।

 

हमाल पक्राउको पत्रकार महासंघ, जनपत्रकार संगठन लगाएतले विरोध गर्दै आएका छन् भने गण्डकी प्रदेशका पत्रकार आन्दोलीत बनेका छन् । पत्रकार हमालको पुनः गिरफ्तारीले प्रेसमाथि सरकारले गरिरहेको श्रृङ्खलाबद्ध हस्तक्षेपको पछिल्लो कडी भएको जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार