• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

जनार्दन शर्मा भन्छन् ‘भिख माग्दैमा राजतन्त्र फर्किदैन्, दाङमा ठुला जहाज बसाल्छौँ’


भाद्र १९, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कसैले भिख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । दाङको हपुरेमा आयोजित बृहत शान्ति र समृद्धि सम्मेलनमा नेता शर्माले जनताले अस्वीकार गरेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने भन्दै संघिय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे ।

उपलब्धिलाई विर्सेर भड्किएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै  कसैको बहकाउमा लागेर सामाजिक संजालमा  जथाभावी नलेख्न उनको आग्रह थियो । जनताको विजय हासिल गर्न हापुरेमा  पहिलो पटक शान्ती वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधान सभा र संघिय लोकतान्त्रीक गणतन्त्रको माग पुरा भएको  नेता शर्माको भनाई थियो । संघिय लोकतान्त्रीक गणतन्त्रको विकल्प  संघिय लोकतन्त्रीक गणतन्त्र नै भएको उनले जिकिर गरे ।

फरक प्रसंगमा उनले विप्लव माओवादीलाई वार्तामा आउन आग्रह गरेका छन् । हत्याँ र हिंसा बमले माग पुरा गर्न नसकीने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफनो पार्टीले सहयोग गर्ने बताए

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गर्दै उनले तुलसीपुरको धावनमार्ग विस्तारका लागि पहल भएको बताएका छन् । धावन मार्ग विस्तारको आवश्यकता भइसकेको बताउँदै मन्त्री शर्माले आवश्यक सर्वे गरेर काम अगाडि बढाउनका लागि पहल गर्ने जानकारी दिए । नारायणपुरमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल लामो समयको सोच भएको बताउँदै तुलसीपुरकै विमानस्थलमा ठूला जहाज बसाउने गरी पहल गरिने उनको भनाई थियो ।

विवादका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतिलिन नसकेको बताउँदै प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले राजनीतिक कारणले प्रतिष्ठानमा विवाद गर्न नहुने् तर्क दिए । उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान हामी सबैको हो यसलाई जोगाएर राख्ने दायित्व पनि सबैको छ ।’

१६ बर्षपछि शान्ति सम्मेलन

तत्कालिन विद्रोही र सरकार पक्ष बिच पहिलो पटक भएको बार्ता स्थल दाङको हापुरेमा १६ बर्षपछि शान्ति सम्मेलनको आयोजना गरिएको छ । २०६० साउन २९ र ३० गते तत्कालिन विद्रोही माओवादी र सरकार पक्ष बिच वार्ता भएको थियो ।

कार्यक्रममा पुर्वमन्त्री शर्मा सँगै नागरिक अगुवा दमननाथ ढुङ्गाना, श्याम श्रेष्ठ, कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वली, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपार, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल लगायतको सहभागीता रहेको थियो ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार