• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

नेपालमा संचालित भारतीय दुई कलेजमा शत्तिशाली बम विस्फोट


भाद्र २०, सुनसरी । नेपालमा संचालित भारतीय दुई कलेजमा बम अज्ञात समुहले विस्फोट गरेको छ । गएराती धरान स्थित दिल्ली पब्लिक स्कुल र इटहरी स्थित सुस्मा गोदावरी कलेजमा शक्तिशाली बम प्रहार भएको हो ।

स्थानीयका अनुसार बिहीबार राति सवा १२ बजे बिष्फोटको ठूलो आवाज सुनिएको थियो । सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्षति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताए । त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्षति पुगेको छ ।

नेपाल भित्र संचालनमा रहेका शिक्षण संस्थाहरुको नेपाली नाम हुनु पर्ने बिगत देखिकै विप्लव नेकपाले आवाज उठाउदै आएपनि सरकारी निती विपरीत भारतीय दादागिरीमा स्कुल संचालन गरेको थियो । भारतीय लगानी रहेको र त्यंहा कार्यरत कर्मचारीहरु समेत प्राय भारतीयहरु नै भएको भन्दै विप्लव नेकपाले विभिन्न समयमा खबरदारी गरिरहेको थियो ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले बम विस्फोट गराएको हुनसक्ने बताए । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार भने  ‘इटहरीबाट एक नेता पक्राउ परेपछि नेकपाले स्कुलहरुमा बम प्रहार गरेको हुनसक्छ ।’

यी दुवै विधालयमा भारती पाठ्यक्रम पढाइ हुदै आएको थियो ।

 

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार