• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

म आर्यघाटको बेहुला बनुला प्रिय


तिमी अर्कैको जिन्दगिमा जाने भए
म यो जिन्दगी नै त्याग्दिने छु प्रीय

तिमी अर्कै संसारमा जाने भए
म यो संसार नै छाड्दिने छु प्रीय

तिम्रो घाँटिमा मंगलसुत्र अर्कैले लगाई दिए
त्यो दिन मेरो घाँटिमा पासो म आफैले लगाउने छु प्रीय

तिमिलाई सजाउने रातो घुम्टो भए
मेरो लागि पनि सेतो कात्रो छानिने छ प्रीय

तिम्रो बिहेमा जन्तिको लस्कर जस्तै
मेरो लागि मलामी जाने छन प्रीय

तिमी बेहुली बनेर आउने घर मेरो नभए पनि
मेरा मलामीहरु जाने बाटो तिम्रै घरको आँगन हुनेछ प्रीय

जब तिम्रो मा नौमती बाजा घन्किने छ
त्यत्तिकै प्रतिस्पर्धामा मेरो मा शंख र मेरो चितामा आगो दन्किने छ प्रीय

मेरो हातको सिन्दुर तिम्रो सिँउदोमा नपरे पनि
तिम्रो हातले फ्यालेको एक पुष्प गुच्छा मेरो चिता माथी अवश्य पर्ने छ प्रीय

मेरो घरमा दुस्खको रुवाबासी हुँदा
तिम्रो घरमा खुसीको रमझम हुनेछ प्रीय

त्यो देखेर सिङ्गो आकाश पनि
तिम्रो बिहेमा बर्षात बनेर रुनेछ प्रीय

त्यो दिन तिमी बेहुली बने
म आर्यघाटको बेहुला बनुला प्रिय

प्रकाशित मिती २०७६ भाद्र २० गते

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार