• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

मैले विप्लवजीलाई खोजी रहेको छु : जनार्दन शर्मा


भाद्र २०, दाङ । नेकपाका नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले भूमिगत रुपमा राजनीतिक गतिविधि गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव)लाई काठमाडौं आएर राजनीतिक निकासका लागि खुल्ला छलफलमा सहभागी हुन आग्रह गरेका छन् । दाङको  तुलसीपुरमा शुक्रवार बिहान प्रेस संगठन दाङले गरेको पत्रकार सम्मेलनमा नेकपाका संगठन विभाग उपप्रमुख समेत रहेका शर्माले त्यस्तो बताएका हुन ।

‘विप्लवजी सिधै काठमाडौं आउनुहोस् के–के कुरामा छलफल गर्ने खुला छलफल गरौं,’ पूर्व गृहमन्त्री समेत रहेका शर्माले भने । उनले संगठन गर्न समाजवाद, समाजवादको कार्यक्रमलाई लागु गर्न,समाजवादी क्रान्तिलाई अगाडि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न, तल्लो उत्पिडीत जनताको पक्षमा बोल्न सबै कुरा छुट रहेको हुँदा विप्लवलाई आफूले खोजीरहेको बताए ।

‘विप्लवजी कहाँ गएर बस्नु भएको छ म खोजी रहेको छु । आउनुहोस् खुल्ला छलफल गरौं यो सबै कुरा समाधान हुन्छ, अब हामी सबै मिलेर संविधानलाई कार्यान्वय गर्नुपर्ने छ,’ शर्माले भने ।

अधिकारको कुरा संविधानमा लेखिसकिएको हुँदा त्यसलाई कार्यान्वयन गर्नका लागि सबै लाग्न जरुरी रहेको उनले बताए । ‘विप्लवजी मेरो हिजोपनि साथी हो र आजपनि साथी हो,’ शर्माले भने ‘ साथीलाई मेरो आह्वान के छ भने छिटो आउनुहोस यो कुरा सबै हामी समाधान तिर जान सक्छौं।’

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार