• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

प्राकृतिकको अनुपम उपहार ‘रुकुम’ (फोटो फिचर)


भाद्र २१, रुकुम । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो रुकुम जिल्ला । रुकुम साच्चिकै प्राकृतिले उपहार दिएको एक अनुपम ठाउँ हो । सौन्दर्यका हिसाबले रुकुमको स्थान निकै उच्च छ । यहाँ हिमालहरु मज्जाले हाँसिरहेका छन्, झरनाहरु झर–झर गरि मज्जाले झरिरहेका छन् अनि तालहरु आफ्नो स्थान बनाएर थपक्क बसिरहेका छन् ।

एउटा सुन्दर, मनमोहक, अनुप दृश्याअबलोकन गर्न चाहानेहरुका लागि साच्चिकै रुकुम उत्कृष्ट छ । यहाँ देखिने सुन्दर सिनारियोहरुले जो कोहीको मन मोहित बनाएर छोड्छ । यहाँका मुख्य पर्यटकीय स्थलहरु सिस्ने हिमाल, स्यार्पु ताल, कमल दह, डिग्री साईकुमारी मेला लगायत  रहेका छन् ।

नेपालको एकात्मक राज्य प्रणाली अन्तर्गतको रुकुम जिल्लालाई संघीय संरचना अनुसार पुर्वी रुकुम र पश्चिम रुकुम गरि २ जिल्लामा विभाजन गरियो । हाल पुर्वी रुकुम ५ नं. प्रदेश र पश्चिम रुकुम कर्णाली प्रदेशमा अबस्थित छन् ।

पश्चिम रुकुममा ६ स्थानीय तह र पुर्वी रुकुममा ३ स्थानीय तह रहेका छन् । यो जिल्लाको नामाकरण रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने भनाई छ ।

रुकुमको उत्तरी भेकमा सुन्दर सिस्ने हिमाल रहेको छ । त्यसैको काखमा रुकुमका अहिलेका दुई जिल्ला पर्दछन् । यस जिल्लामा विभिन्न जातजाति, भेष–भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधता रहेको छ ।

केहि समय अघि खिचिएका पश्चिम रुकुम र पुर्वी रुकुमका तस्बिरहरु आज तपाईलाई देखाउदैछौँ ।

 

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार